मध्यरातमा अभिनेत्री रेखा थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत केहि तस्विरहरु पोष्ट गरिन् । जसमा उनलाई एक ठुलो मान्छेको हुलले घेरेको थियो । त्यो हुल अरु केहि नभई चलचित्र 'रुद्रप्रिया'को सुटिङ हेर्न उपस्थित भएको समुह रहेको निर्माण पक्षले बताएको छ ।

यतिबेला रेखा थपा प्रोडक्सनबाट बन्न लागेको चलचित्र 'रुद्रप्रिया'को छायाँकन भइरहेको छ । गोर्खा जिल्लाको च्याङलि स्थित आले बजारमा भैरकेहो सुटिङ हेर्न रातभर त्यहाँ बासिन्दा जागराम बसेको चलचित्र निर्माण टिमले बताएको छ । "रातको समयमा पनि यहाँका आमाबुवा, दिदी बहिनी दाजु भाई र स -साना भाई बहिनीहरु बाट पाएको सत्कारले मन एकदमै प्रफुल्लित भएको छ ।" अभिनेत्री रेखाले बताईन् ।

रेखा थापा र अभिनेता आर्यन सिग्देलको अभिनय रहेको चलचित्र रुद्रप्रिया आँउदो तिहारलाई लिक्षित गर्दै लक्ष्मी पूजाको दिन प्रदर्शन हुने निर्माण पक्षले बताएको छ ।
