यो वर्षको प्रतिक्षित चलचित्र मध्येको एक चलचित्र ‘जात्रै जात्रा’ले आफ्नो प्रदर्शन मिति पोसपोण्ड गरेको छ । यसअघि वैशाख २७ गते रिलिज हुने भनिएता पनि सोही मितिमा बलिउडको ‘स्टुडेन्ट अफ दि इयर २’ हुने भएपछि जात्रै जात्राले आफ्नो रिलिज मिति पोसपोण्ड गर्दै जेठ ३ मा पुराएको हो । यता सोही मितिमा अर्को नेपाली चलचित्र ‘बिर विक्रम २’ रिलिज हुदैँछ । शनिवार जात्रै जात्रा र बिर विक्रम २ का निर्माता बिच वार्ता भएको थियो । जात्रै जात्रा टिमले बिर विक्रम २ का निर्माता तथा निर्देशक मिलन चाम्सलाई चलचित्र पछाडि सार्न आग्रह गरेको थियो । तर चाम्सले आफ्नो चलचित्र नसार्ने अडान लिएपछि जात्रै जात्रा जेठ ३ मा आउने पक्का भएको हो । 

जात्रै जात्रालाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा विपिक कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ लगायतका कलाकारको अभिनय रहेको छ। यता बिर विक्रम २ मा वर्षा सिवाकोटी, पल शाह र नाजिर हुसेनको मुख्य भूमिका रहेको छ । बिर विक्रम २ र जात्रै जात्रा दुवै हिट चलचित्रका सिक्वेल हुन् ।