गत बर्षबाट सुरुवात भएको ‘दि भ्वाइस अफ नेपाल’को दोस्रो सिजनको घोषणा गरिएको छ । हिमालय टीभि एचडीबाट प्रसारण हुने दि भ्वाइसको अफिसियल घोषणा आइतबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिइएको थियो । सिजन २ को लागी असिडिसन माघ १ गतेबाट नै सुरु भएको आयोजकले जानकारी दिए । डिजिटल अडिसन दिन अब एक साता मात्र बाँकी रहेको छ । चैत्र १० गतेबाट डिजिटल अडिसन बन्द हुनेछ । आयोजकले दिएको जानकारी अनुसार हालसम्म करिब १० हजारभन्दा बढि अवाजले अडिसन दिइसकेका छन् । अडिसनको लागी भने ‘दि भ्वाइस अफ नेपाल’को मोबाइल ए डाउनलोड गर्नु पर्नेछ । साथै यसपटक देखि सामाजिक सञ्जाल फेसबुक, भाइबर, म्यासेन्जर लगायतका एपहरुबाट पनि अडिसन दिन पाइनेछ । यि सामाजिक सञ्जालहरु मार्फत आफ्नो स्वर रेर्कड गरेर पठाउन मिल्नेछ । त्यस्तै यो सिजन १ मा भन्दा यसपटक केही फरक रहने शोका निर्देशक तथा निर्माता लक्ष्मण पौडेलले जानकारी दिए । यसपटक शोमा कोचहरु फेरबदल हुन सक्ने उनले बताए । कोचको साथै होस्ट को हुनेछन् त्यो केही समय भित्रनै सार्वजनिक गरिने पौडेलले जानकारी दिए । दि भ्वाइस असारबाट हिमालय टीभी मार्फत प्रसारण हुनेछ ।