अभिनेता प्रदीप खड्का अभिनित नयाँ चलचित्र ‘लभ स्टेशन’को दोस्रो गीत सार्वजनिक भएको छ ।सार्वजनिक ‘मेरो आगनीमा..’ बोलको गीतमा सुरेश लामाको स्वर रहेको छ भने उज्जल घिमिरेको शब्द रहेको छ । त्यस्तै गीतमा शम्भुजित बास्कोटाको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको छ । भिडियोमा चलचित्रका मुख्य कलाकारद्धय प्रदीप खड्का र जसिता गुरुङ फिचर्ड छन् ।चलचित्रमा प्रदीप गायकको भूमिकामा देखिएका छन् ।
चलचित्रलाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । काफिया फिल्मस्को ब्यानरमा बनेको म्युजिकल लभ स्टोरी चलचित्र लभ स्टेशनलाई काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । चलचित्र यहि आँउदो चैत्र २२ गतेबाट रिलिज हुदैँछ ।