यसै हप्ताको वुधवार पहाडी भूभाग तथा विहिबार तराइको भूभागमा होली पर्व मनाइदैछ । रङ्गहरुको यो पर्वलाई असत्य माथि सत्यको जितको रुपमा लिइन्छ भने आत्मियता र सद्वावको प्रतिकको रुपमा पनि लिईन्छ । यसै पर्वलाई यसै चैत्रको अन्तिम साता अर्थात् २९ गते रिलिज हुने फिल्म ‘यात्रा स् अ म्युजिकल भ्लग’ युनिटले एकआपसमा मनाएका छन् ।
एकअर्कालाई रङ्ग तथा अविर लगाउदै फिल्म युनिटले होली मनाएको हो । राइजीङ स्टार सलिन मान बनियाँसँगै डेब्यु गर्ल मलिका महत , जान्हवी बस्नेत , प्रेक्षा बज्राचार्य , रेअर राई , विशाल सापकोटा , निर्देशक सम्राट शाक्य , प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ , निर्माता सुशील पोखरेल , प्रोडक्सन म्यानेजर मनोज जोशी , द्वन्द निर्देशक हिमाल केसी लगायतले होली मनाएका हुन् । होलीलाई प्रि( सेलिब्रेट गरेको यात्रा टिमले आउँदो वुधबार विभिन्न स्थानमा पुगेर दर्शकसँग होलीलाई सेलिब्रेट गर्ने पनि जनाएका छन् ।
गैरीधाराको रोयल एम्पायर होटेल , सिटी फ्ल्याश स्विमिङ पुल भक्तपुरसँगै नयाँ वानेश्वरमा आयोजना हुने रेडियो अडियो होली कार्यक्रम र विभिन्न मिडियाको आयोजना रहने होली कार्यक्रममा सहभागी हुने निर्देशक सम्राट शाक्यले बताए । फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् ।
फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् ।