यहि शुक्रबार यानिकी चैत्र ८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कागजपत्र’ टिमले मंगलबार संचारकर्मीसँग होली सेलिब्रेट गरेको छ । मंगलबार साझ पुतलिसडक स्थित कफि एभिन्युमा चलचित्र युनिटले दोस्रो गीत सार्वजनिक गर्दै होली मनाएको हो ।चलचित्रका मुख्य कलाकार नाजिर हुसेन र शिल्पा मास्केले पत्रकारलाई अबिर लगाएर फागु पुर्णिमाको शुभकामना दिएका थिए ।

गीत रिलिजमा ‘कागजपत्र’ टिमले मनायो होली  गीत रिलिजमा ‘कागजपत्र’ टिमले मनायो होली 

‘तिमी जाने बाटो कता..’ बोलको सार्वजनिक गीतमा अनुपम शर्मा र प्रविशा अधिकारीको स्वर रहेको छ भने संगीत सापकोटाको शब्द तथा संगीत रहेको छ । अपिल बिस्टको निर्देशन रहेको चलचित्रको यसअघि एक गीत सार्वजनिक भइसकेको छ ।

चलचित्रमा नाजिर र शिल्पासँगै भोलाराज सापकोटा, सरिता गिरी, लक्ष्मी बर्देवा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा अष्ट्रेलिया जान गरिने नक्क्ली विवाहको कथालाई समेटिएको छ । 
 

गीत रिलिजमा ‘कागजपत्र’ टिमले मनायो होली