बुधबार पहाडी र हिमाली भुभागमा रंगहरुको पर्व होली अर्थात फागु पुर्णिमा धुमधामले मनाइएको छ । होलीको रंगमा सर्वसाधरण देखि कलाकारहरुपनि रमाए । त्यस्तै हरेक बर्ष बानेश्वरमा रेडियो अडियोले आयोजना गर्दै आएको होली बिशेष कार्यक्रममा कलाकारहरुको भिड लागेको थियो । कलाकारसँगै सर्वसाधरणको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रम चलचित्र प्रमोसनको लागी पनि राम्रो माध्यम बनेको थियो ।
कार्यक्रममा बैशाख २० गते रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’का कलाकार, चैत्र २९ गते रिलिज हुन लागेको चलचित्र ‘यात्रा’का कलाकार, चैत्र १५ गते रिलिज हुन लागेको दुई चलचित्र ‘साइँली’ र ‘शुभ लभ’का कलाकारहरु पुगेका थिए । कार्यक्रममा नायक पुष्प खड्का र नायिका आँचल शर्माले आफ्नो चलचित्र ‘दाल भात तरकारी’को गीतमा कम्मर मर्काएका थिए । त्यस्तै अभिनेता तथा निर्माता दिपकराज गिरी र नायिका बर्षा राउतले एकसाथ स्टेजमा कम्मर मर्काए । कार्यक्रममा हास्यँकलाकार हरिवंश आचार्य, कलाकार दिपकराज गिरी, जितु नेपाल, सुरेन्द्र केसी लगायतले आफ्नो प्रस्तुती राखेका थिए ।
कार्यक्रममा पुगेकी अभिनेत्री प्रियंका कार्कीले होलीको शुभकामना दिएक िथिइन् । त्यस्तै यात्रा टिमबाट नायक सलिनमान बनियाँको साथमा सलोन बस्नेत र नायिका मलिका महत्त पुगेका थिए । साथमा निर्माताद्धय केशव भट्टराई र सुशिल पोखरेल, निर्देशक सम्राट शाक्य पुगेका थिए । होलीको शुभकामना दिदैँ सलिन र सलोनले दर्शकलाई चलचित्र हेर्न आग्रह गरेका थिए ।
त्यस्तै अभिनेता दयाहाङ राईको साथमा पुगेको साइँली टिमले दर्शकसँग होलीको शुभकामना आदनप्रदान गर्दै रमाइलो गरेको थियो । कार्यक्रममा दयाहाङसँगै नायिका मेनुका प्रधान र साइँली टिम पुगेको थियो ।
त्यस्तै यहि चैत्र १५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘शुभ लभ’का दुई मुखय कलाकार नायक हरिहर अधिकारी र नायिका क्रिस्टिन पौडेल कार्यक्रममा पुगेका थिए । होलीको शुभकामना दिदैँ हरिहरले शुभ लभ नेपाली चलचित्र भन्दा फरक रहेको बताएका थिए ।