पछिल्लो समय चर्चित तर विवादित बन्दै आइरहेको छ नेपाल आइडल । गायनमा आधारित रियालिटी सो नेपाल आइडलका प्रतिस्पर्धिले दर्शकको मन जितिरहेका छन् भने यता निर्णायकहरुले भने दर्शकको मन दुखाइरहेका छन् । निर्णायकहरुले  गर्ने कमेन्टहरु प्रति सामाजिक सञ्जालमा विभिन्न प्रकारको टिका-टिप्पणी समेत हुँदै आइरहेको छ ।  आइडलका निर्णायकहरुमा  सङ्गीतकार न्ह्यु बज्राचार्य, कालिप्रसाद बासकोटा र गायिका इन्दिरा जोशी छन्  ।

निर्णायक प्रति टिका-टिप्पणी दिनेक्रममा चर्चित गायक राजेशपायल राईले जजहरु कच्ची भएको आरोप लगाएका छन् । एक अन्तवार्तामा निर्णायकहरुले स्वरलाई भन्दा व्यक्तिको लगाई , खुवाई, उमेरमा बढी ध्यान दिएको उनले बताएका छन् । राजेश भन्छन् 'म नि धेरै गायन प्रतियोगितामा निर्णायकको रूपमा बसेको छु । एउटा सङ्गीतमा लागेको नाताले पनि नेपाल आइडलका निर्णायकहरु अलि परिपक्क नभएको हो की जस्तो लाग्छ । आवाजलाई भन्दा बढी लगाएको लुगालाई बढी ध्यान दिनु हुन्छ ।'