प्रदर्शनको चौथो सातामा प्रवेश गर्न लागेको चलचित्र ‘क्याप्टेन’ प्रधानमन्त्री केपी शर्मा ओलीले हेरेका छन् । बुधवार फागु पूर्णिमाको अवसर पारेर प्रधानमन्त्री ओलीले काठमाडौँको कमलपोखरीस्थित बिग मुभिजमा क्याप्टेन हेरेका थिए । चलचित्र सुरु हुन अघि ओलीले चलचित्रका निर्देशक दिवाकर भट्टराई, निर्माता भुवन केसी, नायक अनमोल केसी, नायिकाद्धय उपासना सिंह ठकुरी र प्रियङ्का एमभीसँग केही बेर होली समेत खेले ।

चलचित्र हेरेपश्चात् छोटो प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले क्याप्टेन मनपरेको बताए । अनमोल केसीको अभिनय कस्तो लाग्यो? भन्ने प्रश्नमा ओली भन्छन् ‘अनमोल मैले चिनेको छैन । तर चलचित्र हरेपछि इशान खड्का बेष्ट लाग्यो । ’

‘क्याप्टेन’ हेरेपछि प्रधानमन्त्री भन्छन् ‘अनमोल होइन, इशान मात्र चिन्छु’ ‘क्याप्टेन’ हेरेपछि प्रधानमन्त्री भन्छन् ‘अनमोल होइन, इशान मात्र चिन्छु’

प्रधानमन्त्रीको प्रतिक्रियाबाट खुसी हुँदै अनमोल आफू एकदमै भाग्यमानी रहेको बताउँछन् । भन्छन् ‘म जस्तो भरखरै यो क्षेत्रमा आउँदै गरेको कलाका रहलाई साथ दिन प्रधानमन्त्री जस्तो व्यक्ती चलचित्र हेर्न आउनु भएको छ । आफूलाई एकदमै भाग्यमानी ठानेको हु ।’