नायक प्रदीप खड्का र नायिका जसिता गुरुङले पोखरामा होली मनाएका छन् । चलचित्र ‘लभ स्टेशन’को टिम सहित पोखरा पुगेका प्रदीप र जसिताले बुधबार बिहानै एकअर्कालाई रङ लगाइदिएर होली मनाएका हुन् । मंगलबार पोखरा आइपुगेको ‘लभ स्टेशन’ टिमको बुधबार पोखरा लेकसाइडमा आयोजना भएको होली बिशेष भब्य कार्यक्रममा सहभागी हुदैँ होली मनाएका थिए । बुधबार बिहान तालबहारी मन्दिरमा दर्शक गरेर प्रदीपले पोखराका दर्शकको माया सधैँ आफूलाई रहने बिश्वास रहेको बताउछन् ।

‘यसबर्ष पोखराका दर्शकसँग होली मनाउने अवसर मिल्यो खुसी लागेको छ ।’ प्रदीपले भन्छन् । यस्तै नायिका जसिताले पनि आफ्नो जन्मथलो पोखरामा १३ बर्षपछि आएर होली खेल्न पाउँदा निकै खुसी लागेको बताइन् । ‘म पोखरामै जन्मिएकी हुँ, त्यसैले पनि पोखरासँग आत्मिय सम्बन्ध छ, होली पोखरामै खेल्न पाइयो निकै खुसी छु’ जसिताले भनिन् । 

पोखरामा मनाए प्रदीप–जसिताले होली 

मंगलबार दिउँसो पोखरा आइपुगेको चलचित्र टिमले पत्रकार भेटघाट कार्यक्रम गरी चलचित्र बारे जानकारी गराएको थियो । उज्जवल घिमिरे निर्देशीत यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशन काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।