चलचित्र ‘लप्पन छप्पन २’ले अपौचारिक निर्माण घोषणा गरेको छ । चलचित्रका निर्देशक मुकुन्द भट्टले शुक्रबार फेसबुकमार्फत चलचित्रको फस्टलुक सार्वजनिक गर्दै अफिसियल निर्माण घोषणा गरेको हो । त्यस्तै निर्देशक भट्टले पोस्टरमार्फत चलचित्रमा हुने कलाकारहरु पनि सार्वजनिक गरेका छन् । लप्पन छप्पन २ मा अघिल्लो भाग लप्पन छप्पनकै अधिंकाश कलाकारहरु दोहोरिने छन् । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, अपर्ण थापा, अनुप विक्रम शाही, देवु श्रेष्ठ, क्यारोलिन कोलिन्डा, सुरविना कार्की, सिर्जना सिना सन्नी ढकाल र फाजिल अहमदको मुख्य भूमिका रहनेछ । चलचित्रको छायाँकन अष्ट्रेलिया र युरोपको बिभिन्न देशमा हुनेछ । 

‘लप्पन छप्पन २’को अपौचारिक निर्माण घोषणा

इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स पिक्चर्स ब्यानरमा निर्माण हुने चलचित्रको छायाँकन जेष्ठको पहिले साताबाट छायांकन सुरु हुने निर्माण पक्षले जानकारी दिए । चिज कुमार श्रेष्ठ र प्राजपति शिवाकोटी निर्माता रहेको चलचित्रमा कार्यकारी निर्माता प्रकास कुँवर र निर्मल कुमार मिश्र हुन् । भने ‘लप्पन छप्पन २’को सह(निर्मातामा सोनु गुरुङ श्रेष्ठ र खिलेन्द्र तिम्सिना रहेका छन् । पुरुषोत्तम प्रधानको छायाँकन रहने फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् ।