अभिनेता सलिनमान बनियाँको मुख्य भूमिका रहेको चलचित्र ‘यात्रा स् अ म्युजिकल भ्लग’ यहि चैत्र २९ गतेबाट रिलिज हुदैँछ । रिलिज मिति नजिकिदै गर्दा चलचित्र टिम यतिबेला प्रमोसनमा जुटेका छन् । प्रमोसनको क्रममा यात्रा टिम हातिवनमा रहेको लिटल एन्जल्स कलेजमा पुगेका छन् । एलए कै तेस्रो वर्षमा अध्यनरत विधार्थीको आयोजना रहेको’एलए कल्चर फेस्ट २०१९’ को समापन समारोहमा सलिन आफ्नो यात्रा टिम सहित पुगेका थिए । सलिनसँगै डेब्यु गर्ल मलिका महत , सलोन बस्नेत , जान्हवी बस्नेत , प्रेक्षा बज्राचार्य , रेअर राई , विशाल कटवाल लगायतले उक्त फेस्टका विनरलाई प्राइज वितरण गर्दै चलचित्रको बारेमा जानकारी समेत गराउदै चट्ट रुमालमा डान्स समेत गरे । 

‘यात्रा’को प्रमोसन गर्न कलेज–कलेज पुगे सलिनमान 

सलिनले नेपाली चलचित्रलाई माया गर्न आग्रह गर्दै युवा पुस्ताले चलचित्र हेरेर प्रतिक्रिया दिन आग्रह गरे । उनले चलचित्र क्षेत्रलाई अगाडी बढ्न युवापुस्ताको साथ चाहिने समेत बताए । उनिसँगै सलोनले गीत गाउँदै आफ्नो चलचित्र यात्राको डायलग समेत सुनाएका थिए । यात्रामै आधारित विषयवस्तुमा आधारित चलचित्रमा सलिन भ्ल्गिस्टको भूमिकाछन् । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको चलचित्रमा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहेको छ । यसै चलचित्र मार्फत मल्लिका महतले डेब्यु गर्दै््िछन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । चलचित्रमा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । 

‘यात्रा’को प्रमोसन गर्न कलेज–कलेज पुगे सलिनमान 

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । चलचित्रमा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।