गत बिहिबार चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको केशव भट्ट्राईले पदभार ग्रहण गरेका छन् । सोमबार दिउँसो नवनियुक्त अध्यक्ष भट्टराईले केही कागजपत्रमा हस्ताक्षर गर्दै औपचारिकरुपमा पदभार ग्रहण गरेका हुन् । अध्यक्ष भट्टराईलाई बधाई तथा शुभकामना दिन सोमबार चलचित्र बिकास बोर्डमा दर्जनौँ चलचित्रकर्मीहरु पुगेका थिए ।