निर्देशक अशोक शर्माको नयाँ चलचित्र ‘रातो टिका निधारमा’मा अभिनेत्री निता ढुङगाना अनुबन्धित भएकी छिन् । यसबर्षको दशैँमा रिलिज भएको ‘जय भोले’को सफलता पछि अशोकले अर्को दशैँमा रिलिज हुने गरि रातो टिका निधारमा घोषणा गरेका थिए । केही समयभित्र छायाँकन सुरु हुने यस चलचित्रको लागी यतिबेला अशोक कलाकार खोजीरहेका छन् । चलचित्रमा लिड नायक र नायिका बाहेक अन्य कलाकारहरु फाइनल भइसकेको बुझिएको छ । त्यस्तै चलचित्रमा लिड भूमिकामा अनमोल केसी र प्रदीप खड्का दुई जनामा एक हुने बताइएको छ । यो चलचित्रमा निता लिडमा नभइ रविन्द्र झाको जोडीको रुपमा देखिनेछिन् । जेठको पहिलो साताबाट छायाँकन सुरु हुने यो चलचित्रमा निता र रविन्द्रको साथै बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी अनुबन्धित भइसकेका छन् । पुरुषोत्तम प्रधानले खिच्ने ‘रातो टिका निधारमा’ मा शम्भुजित बाँस्कोटाको संगीत रहनेछ ।