पछिल्लो समय समाजसेवाको बाटोमा कलाकारहरु निकै सक्रिय छन् । समाजसेवी कलाकारभित्रको भिडमा अभिनेता पल शाह पनि एक हुन् । पलको समाजिक सञ्जाललाई नियाल्ने हो भने उनी बिभिन्न आश्रमहरु पुगेर सहयोग गरेको तस्बिरहरु देख्न सकिन्छ । यसैबिच समाजिक सञ्जालमा भाइरल भएका देबघाटका भिम बहादुर बि.कको घर शिलान्यास शाहले गरेका छन् । पलले भौतिक, आर्थिक तथा समाजिक सहयोग गर्न प्रतिबद्धता गर्दै घरको शिलान्यास गरेका हुन् । ५ बर्षअघि जलेको घर निर्माण हुन नसक्दा भिम बहादुरको घर भित्रै पानी छिर्ने र रातभर सुत्न नसक्ने अवस्था आएको कारण समाजसेवी रन्जिता गुरुङको अगुवाईको बि.कको लागी घर निर्माण अभियान सुरु भएको थियो । अमेरिका निबासी हेम थापाको आर्थिक सहायता रहने यो अभियानमा बाँक िरकम संकलन भइरहेको छ । आउदनो बर्षात भन्दा अगाडीनै हस्तान्तरण गरिने बताइएको भिमको घरको निर्माणकार्य बैशाख १ गतेबाट थालनी हुने छ ।