आज  शुक्रबार सिनेमा हलमा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । जसमा ‘शुभ लभ’ र ‘साइँली’ रहेका छन् । 
चलचित्र साइँलीलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । गायक हेमन्त रानाको सुपरहिट गीत साइँलीबाट नाम सापटी लिएर निर्माण भएको चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह लगायतका कलाकारको मुुख्य भूमिका रहेको छ । गीतले बैदेशिक रोजागारीमा गएका श्रीमान र गाउँमा श्रीमानको प्रतिक्षा गरेर दिन काटिरहेकी श्रीमतीबीचको प्रेम बुनिएको थियो । गीतको मर्मलाई नै चलचित्रको मुख्य पाटो बनाईएको छ । तर चलचित्रमा भने श्रीमान बैदेशिक रोजगारीमा जानुअघिको कथालाई उठान गरिएको छ ।यसलाई गायक हेमन्त राना र अभिनेता गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको पनि अभिनय रहेको यस चलचित्रमा विशाल गुरुङ र मोहन राना मगर निर्मातामा छन् । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । 

त्यस्तै आजबाट रिलिज भएको चलचित्र ‘शुभलभ’मा डेव्यु नायक–नायिका हरिहर अधिकारी र क्रिष्टिन पौडेलको मुख्य भूमिका रहेको छ । चलचित्र ‘शुभ लभ’ लाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् ।हरिहर युवा ज्योतिषी हुन् भने चलचित्रमा उनी एक युवा ज्योतिषीको भूमिकामा देखिएका छन् । प्रदीपकुमार उदयको प्रस्तुती रहेको चलचित्रलाई धर्मराज शर्मा सुवेद ीले निर्माण गरेका हुन् । चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, अभिमन्यु निरबीको पटकथा र संवाद, वन नेपाल स्टन्ट टिमको एक्सन रहेको छ भने चलचित्रमा बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।