नेपाल आइडल सिजन २ का उपविजेता विक्रम बरालको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय र्वल्ड टुरमा व्यस्त रहेका विक्रमको अफिसियल गीत सार्वजनिक भएको हो । ‘गल्ती’ बोलको सार्वजनिक गीतमा प्रदीप चापागाईँको शब्द, कल्याण सिंहको सङ्गीत र  सङ्गीत संयोजन विशाल पौडेलले गरेका हुन् ।

उक्त गीतको भिडियोमा स्वस्तिमा खड्का र आशिरमान देशराजको अभिनय रहेको छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा बुद्ध थापाको छायाङ्कन रहेको छ भने विकास धमलाको सम्पादन रहेको छ ।