यही आउँदो शुक्रवार यानिकी चैत्र २२ गते अभिनेता प्रदीप खड्का अभिनीत ‘लभ स्टेसन’ रिलिज हुदैँछ । चलचित्रको प्रचारप्रसार व्यापक बनाउन प्रदीपले पछिल्लो समय कुनै कसुर बाँकी राखेका छैनन् । हरेक दिन जसो अन्तरवार्ता देखि विभिन्न कलेज, स्कुलहरूमा पुगेर प्रदीप चलचित्रको बारे दर्शकसँग आमनेसामने भएर नै जानकारी दिइरहेका छन् । यसैक्रममा आइतबार बिहान प्रदीप अभिनेत्री करिष्मा मानन्धरको एसइइ परीक्षा स्थलमा पुगेका थिए । प्रदीपसँगै पुगेका लभ स्टेशनटिमले करिष्मालाई शुभकामना दिएको थियो । त्यस्तै करिष्मालाई भेटेपछि प्रदीप भन्छन् ‘उहाँ हामीसबैको प्रेरणाको श्रोत हो ।’ त्यस्तै आफूले पनि दुई पटक एसएलसी दिएको प्रदीप बताउँछन् । यता करिष्मा प्रदीप आफ्नो मन पर्ने नायक भएको बताउँदै आगामी दिनमा सँगै चलचित्रमा काम गर्ने बताउँछिन् । ‘अहिलेको नयाँपुस्तामा प्रदीप मेरो मन पर्ने नायक हुन् । उनको अभिनय मलाई एकदमै मन पर्छ । आउने दिनमा एकसाथ काम गर्न सक्छौ या मेरो छोरीसँग जोडी जम्न सक्छ।’ करिष्मा भन्छिन् ।