सामान्यतया कतै जानु पर्दा कपडा लगाउने देखी ठिक पर्नको लागी महिलालाई धेरै समय लाग्छ भनिन्छ । झन ठुला कलाकार सेलिब्रेटीलाई थोरै समय लाग्ने त कुरै भएन तर भारतिय डिजाइनर, प्रोड्युसर तथा सेलिब्रेटी गौरी खानले आफ्ना श्रीमान, बलिउड सुपर स्टार साहरुख खानलाई कतै जानु पर्दा आफुलाई भन्दा धेरै गुना बढी समय लाग्ने कुरा खुलाएकी छिन ।भर्खरै साहरुख र गौरीको जोडिले एक कार्यक्रममा 'बेस्ट स्टाइलिस कपल' को उपाधी पाएका छन् ।
कतै पार्टीमा जानुपर्दा आफुलाई तयार हुन २० मिनेट लाग्ने तर साह्सरुखलाई भने २ देखी ३ घन्टा लाग्ने कुरा आफ्नो सामाजिक संजालामा पोस्ट गरेकी छिन् । उनले अझैब्यङ्गको भाबमा, आजको स्पेसल कार्यक्रमा मलाई तयार हुन २ देखी ३ घन्टा लागेको तर साहरुखलाई भने ६ घन्टा लागेको बताएकी छिन् ।
साहरुख र गौरीको १९९१मा बिबाह भएको थियो यो जोडिलाई बलिउड्मा आइकन जोडिको रुपमा पनि लिइन्छ ।