प्रचारप्रसारको दौरानमा रहेको फिल्म ‘‘यात्रा:अ म्युजिकल भ्लग’'को टोलीले मुन्द्रेको कमेडी क्लबमा उपस्थिती जनाएको छ । कलाकार निर्देशक निर्माता दिपाश्री अध्यक्ष रहेको मुन्द्रेको कमेडी क्लब दर्शक माझ चर्चा कमाइरहेको कार्यक्रम हो । यसर्थ यस कार्यक्रम मार्फत आफ्नो चलचित्रको प्रोमोसन गर्नु चलचित्र निर्माता, निर्देशक, कलाकार सबैको रोजाइ बन्न पुगेको छ । शो'मा फिल्मका कलाकारहरु सलिनमान बनिया, सलोन बस्नेत र डेब्यु गर्ल मलिका महत पुगेकी हुन् । चैत्र २५ गते प्रशारण हुने शो मा उनिहरुले फिल्मको बारेमा कुराकानी लगाएत फिल्मको सुटिङको दौरान आफुले भोगेका अनुभबहरु साटेका छन् ।
सलिन अभिनित दोस्रो फिल्म हो यात्रा,जसमा उनि भ्लगरको भूमिकामा छन्। सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा सलिन, सलोन र मलिकासँगै जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, लगायतको अभिनय रहेको छ ।
चलचित्र चैत्र २९ गते देशब्यापी रुपमा प्रदर्शन हुँदैछ ।