अशोक शर्माको निर्माण तथा निर्देशन मा बन्न लागेको चलचित्र ‘रातो टिका निधारमा’ मा साम्राज्ञी आरएल शाह अनुबन्धित भएकी छिन् । सिनेमाका लागी अशोक शर्माले केही पहिले अभिनेत्री निता ढुगांनालाई पनि  साइन गराएका थिए। बैशाखको अन्तिम साताबाट छायांकन सुरु गरिने चलचित्रमा १८ लाख पारिश्रमिक बुझेर साम्राज्ञीले चलचित्रमा टिममा औपचारिक रुपमा प्रवेश गरेकी हुन् । 

अशोक शर्माको  ‘रातो टिका निधारमा’ मा साम्राज्ञी  अनुबन्धित

सिनेमामा साम्राज्ञी र निताका अलवा बुद्धि तामाङ, रविन्द्र झा, लक्ष्मी गिरी, शिवहरी पौडेल, राजाराम पौडेल, जयनन्द लामा लगायतका कलाकारको भुमिका रहने छ । अशोकले अघिल्लो चलचित्र ‘जय भोले’को रिलिजसँगै आगामी दशैकमा रातो टिका निधारमा प्रर्शन हुने घोषणा गरेका थिए ।