चैत १५ मा रिलिज भएको चलचित्र शुभलभको टिम यतिबेला बुटवलका हलहरुमा दर्शकहरुसँग बसेर चलचित्रको प्रतिकृया लिरहेको छ । सयौँ दर्शकको उपस्थिती रहेको चलचित्र प्रदर्शनमा बृद्ध देखी युवासम्म हरिहरलाई भेट्न र फोटो खिच्न आतुर देखिन्थे । युवा ज्योतिसको रुपमा आफ्नो छुट्टै पहिचान बनाइसकेका उनलाई यस चलचित्रले अझ लोकप्रिय बनाएको छ ।
प्रदर्शनको चौथो दिनमा आइपुग्दा शुभलभले राम्रै प्रतिकृया पाएको निर्माण पक्षले बताएको छ ।सन्तोष बाबु लोहनी निर्देशित सिनेमाबाट युवा ज्योतिष हरिहर अधिकारी र कृष्टिन पौडेलले नेपाली रजतपटमा डेब्यू गरेका छन् ।‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलको साथै सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।