धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा बनाउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगाशाला निर्माणको सहयोगार्थ आफूहरुले को बन्छ करोडपतीमा गेम खेलेको भद्रगोल परिवारले बताए। क्रिकेट रंगाशाला निर्माणको लागि विभिन्न कार्यक्रम गरेका भद्रगोल परिवारले कलेज क्याम्पेन देखि लिएर विभिन्न शोहरु गरिरहेका छन्।
यो साता प्रसारण हुने 'को बन्छ करोडपति'को सेटमा भद्र्गोलका दुइ चर्चित कलाकार जिग्री र पाँडे पुगेका छन् । को बन्छ करोडपतिबाट आफुहरुले जितेको रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण  गर्ने उनिहरुले जानकारी गराए ।
नायक राजेस हमालाले संचालन गर्ने उक्त कार्यक्रमको हट सिटमा बस्दा आफुहरुलाई छुट्टै किसिमको डरको अनुभब भएको बताए । ठट्टा गर्दै पाँडे अर्जुन घिमेरेले आफुले राजेस हमालको अनुहारमा पाँच पटकसम्म बाघ देखेको थपे ।