पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त रहेकी नायिका प्रियंका कार्की एभरेष्ट सुर्य बोहोराको लेखन निर्देशनमा बन्न लागेको चलचित्र 'चलखेलमा अनुबन्धित भएकी छिन् । आइतबार निर्माण युनिट सिनेमाण्डु इन्टरटेन्टमेन्ट र नायिका कार्की बिच लिखित सम्झौता भएको हो । कमेडी जनरामा निर्माण हुने यस चलचित्रका लागि किरण केसी र शिवहरी पौडेलसँग पनि कुरा भइरहेको निर्माण युनिटले बताएको छ ।
काठमाडौं, जिरी र मनाङमा खिचिने चल खेलको लागी २ करोड हाराहारीमा खर्च गर्ने निर्माता लेखबहादुर पुनले जानकारी दिए ।उनले थपे‘हामीले कमेडी भन्ने बित्तिकै सस्तो कमेडी मात्र नगरेर ब्यङ्ग्यात्मक कमेडी पस्कनेछौ, यो चलचित्र पूर्ण रुपमा दर्शकलाई मनोरञ्जन दिने खालको हुनेछ ।’ चलचित्रको छायांकन जेठमा सुरु गरिने भएको छ ।