लामो समयपछी काठमाडौ फर्केकी नायिका मनिषा कोइरालाले नेपाली चलचित्रको विकासको बारेमा बोल्दै सुझाव समेत दिएकी छिन्। नेपाली चलचित्र कर्मीहरु व्यवसायिक भन्दा सिर्जनात्मक बन्नु पर्नेमा उनले जोड दिएकी छिन्।

नेपाली फिल्ममेकरलाई  मनिषा काेइरालाकाे सुझाव 'व्पवसायिक भन्दा सिर्जनात्मक बन्नुस्'

हालसालै बलिउड र साउथ इन्डियन फिल्मको सुटिङ सक्काएर नेपाल आएकी  मनिषा  केही समयमा अन्तर्राष्ट्रिय स्तरको नेपाली चलचित्रमा लागि पर्ने बताएकी  छिन्। राम्रो कथावस्तु र राम्रो टिम भेटे मुलधारको नेपाली चलचित्रमा आफू काम गर्न तयार रहेको उनले बताइन्।

चलचित्र राम्रो बन्न र अन्तर्राष्ट्रिय स्तरमा पुग्नको लागि सृजनात्मकताले ठूलो भुमिका खेल्ने र थोरै लगानी भएका चलचित्रले पनि राम्रो अवसर पाउनेमा उनी विस्वस्त छिन्।