५ दिन अघि सार्वजनिक भएको चलचित्र 'ए मेरो हजुर ३'को ट्रेलर ट्रेन्डिङको नम्बर एकमा परेको छ । सुहाना थापाको डेब्यु रहेको चलचित्रमा अनमोल केसीको मुख्य भूमिका रहेको छ । १ .४ मिलियन भ्युअर्स पाएको ट्रेलरले राम्रो प्रतिकृया पाएको छ । अधिकांशले अनमोलको भूमिकाको प्रशंसा गरेका छन ।

अनमोलाले काम काम गरेका हरेक चलचित्रहरु कुनै न कुनै हिसाबले युट्युबमा रुचाइने गरेका छन् यसैगरी यस चलचित्र पनि निर्माणसँगै प्रतिक्षित मध्धेको एक बनेको छ । चलचित्रको गीत संगीत पनि उत्तिकै रुचाइएको छ ।

 

म्युजिकल लभ स्टोरीमा बनेको चलचित्रमा अनमोल एक म्युजिसियनको भूमिकामा प्रस्तुत हुदैँछन् । चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रमा अनमोल, सुहानाको अलावा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा कथा झरना र सुमन पौडेल मिलेर लेखेका हुन् । सञ्जय लामाको छायाङ्कन रहेको चलचित्रमा द्धन्द्ध रोशन श्रेष्ठको रहेको छ भने सम्पादन दिर्घ खड्काको रहेको छ । चलचित्र चैत्र २९ गते देशभर एकसाथ प्रदर्शन हुँदै छ ।