यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ स्टेसन’ टिम यति बेला प्रचारप्रसारमा व्यस्त छ । चलचित्रका मुख्य अभिनेता प्रदीप खड्काले लभ स्टेसन प्रमोसनको लागी कुनै कसुर बाँकी राखेका छैनन् ।
प्रमोसनको क्रममा ‘लभ स्टेसन’ टिमले बुधवार राजधानीको विभिन्न स्थानमा कन्सर्टहरू आयोजना गरेको थियो । गोङ्गबु, सुर्यबिनायक, लगनखेल लगायतको स्थानमा लभस्टेशन टिमले दर्शकसँग साक्षात्कार गर्दै कसन्र्ट गरेको थियो । कन्सर्टमा चलचित्रका मुख्य कलाकार प्रदीप र अभिनेत्री जसिता गुरुङको साथमा गायक प्रताप दासले गीत गाएर दर्शक झुमाएका थिए ।
गोविन्द शाहीको निर्माण रहेको चलचित्र लभ स्टेसनलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रको गीतसङ्गीतसँगै ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् ।