एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३ को नतिजा सार्वजनिक भयो। अवार्डको पाचौं संस्करणमा ‘छक्कापञ्जा’ उत्कृष्ट चलचित्रको उपाधि हात पारेको छ। वर्ष २०७३ मा सर्वाधिक ग्रस कलेक्शन गरेर नेपाली फिल्म इतिहासमा रेकर्ड बनाएको छक्कापञ्जाले ५ विधाको अवार्ड हात पार्‍यो। छक्कापञ्जाबाट प्रियंका कार्कीले उत्कृष्ट अभिनेत्री चुनिइन्। उत्कृष्ट निर्देशक दीपाश्री निरौला, उत्कृष्ट हास्यकलाकार केदार घिमिरे भएका हुन्। फिल्मले उत्कृष्ट व्यवसायिक फिल्मको पनि अवार्ड हात पारेको हो। फिल्म क्षेत्रका विभिन्न २१ विधा र व्यक्तित्वहरुलाई पुरस्कृत गरिएको हो। अनुराधा कोइराला, मनिसा कोइराला लगायतकाले कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।

क-कसले कुन अवार्ड पाए?

उत्कृष्ट पार्श्व संगीत- ईमान बिक्रम शाह (चपली हाईट २)  
उत्कृष्ट ध्वनि पुन: मुद्रण- मनोज राज मैनाली (जात्रा)
उत्कृष्ट द्वन्द निर्देशक- रोशन श्रेष्ठ (किङ)
उत्कृष्ट नृत्य निर्देशक- बिक्रम स्वाँर (लुट २)
उत्कृष्ट पार्श्व गायन- मिना निरौला (लुट २)
उत्कृष्ट संगीतकार- कालीप्रसाद बास्कोटा (पुरानो डुङ्गा)
उत्कृष्ट सम्पादक- मित्र गुरुङ( जात्रा)
उत्कृष्ट छायांकार- सैलेन्द्र डी कार्की (पुरानो डुङ्गा)
उत्कृष्ट पटकथा लेखन- रामबाबु गुरुङ, उपेन्द्र सुब्बा (पुरानो डुङ्गा)
उत्कृष्ट व्यवसायिक चलचित्र- छक्का पञ्जा
उत्कृष्ट नव अभिनेत्री- श्रृष्टी  श्रेष्ठ (गाजलु)
उत्कृष्ट नव अभिनेता- आयुष्मान देसराज (चपली हाईट २)
उत्कृष्ट सहअभिनेत्री- मेनुका प्रधान (पुरानो डुङ्गा)
उत्कृष्ट सहअभिनेता-माउत्से गुरुङ (पुरानो डुङ्गा)
उत्कृष्ट चलचित्र पत्रकार- सुशिल पौडेल
उत्कृष्ट अभिनेत्री- प्रियका कार्की (छक्का पञ्जा)
उत्कृष्ट अभिनेता- विपिन कार्की (जात्रा)
उत्कृष्ट निर्देशक- दिपाश्री निरौला (छक्का पञ्जा)
उत्कृष्ट चलचित्र-छक्का पन्जा
उत्कृष्ट हास्यकलाकार पुरस्कार - केदार घिमिरे (छक्का पन्जा)
जुरी अवार्ड-डाइङ क्यान्डल