पछिल्लो समय छक्का पन्जा ३ मा अभिनय गरेपछी पर्दामा नदेखिएकी अभिनेत्री दीपिका प्रसाई नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’मा अनुबन्धित भएकी छन् । अर्को हप्ताबाट छायांकन सुरु हुने चलचित्र एभरेष्ट सुर्य बोहराले निर्देशन गर्ने छन् ।‘हेल्लो जिन्दगी’ टोली सुट्ङको लागी केहीदिनमा  बेलायत उड्ने तयारीमा रहेका छ । आफ्नो भिसा लाग्ने टुङ्गो नभएका कारण उनि अहिलेसम्म चुप रहेको  बताइन् तर अहिले भने उनि औपाचारिक रुपमै चलचित्रमा आबद्ध भैसकेकी छिन् । यसैगरी दिपिका आफ्नो विवाहको लागी तयारी गरिरहेका कारण पनि व्यस्तता अलि बढेको कुरा खोलिन् । 
 

‘हेल्लो जिन्दगी’मा दीपिका

दीपिकाभन्दा पहिले सिनेमामा श्वेता खड्का फाइनल भैसकेकी छन् । श्वेता , दीपिकाका साथै चलचित्रमा सलोन बस्नेत, विल्सन विक्रम राई, विक्रान्त बस्नेत लगायतका कलाकारको अभिनय रहनेछ । विरान्जना इन्टरटेन्मेन्टको ब्यानरमा निर्देशक बोहोराको लेखन तथा निर्देशनमा निर्माण हुने सिनेमालाई सृजना जोशीले निर्माण गर्नेछिन् । सिनेमालाई  पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् ।