नेपाल चलचित्र संघले ‘एक दिवसिय चलचित्र उत्सव’को आयोजना गरेको छ । सिनेमा घर र वितरकहरुको छाता संगठनले आयोजना गरेको उत्सबमा फरक फरक समयका चर्चित तिन सिनेमा ‘सानो संसार’, ‘लुट’ र ‘छक्का पञ्जा ३’को प्रदर्शन गरिरहेको छ । बिहिबार कमलपोखरी स्थित क्युएफएक्स कुमारी हलमा उत्सबको आयोजना आयोजना भैइरहेको छ ।नेपाल चलचित्र संघले ’नेपाल चलचित्र संघले आफ्नो स्थापना कालदेखि नै नेपाली सिनेमा क्षेत्रको विकास, विस्तार, प्रबर्धन एवं सम बर्धनमा महत्त्वपूर्ण भूमिका निर्बाह गर्दै आएको छ। यही परिप्रेक्षमा नेपाली सिनेमाको बजार प्रबद्र्धनका लागि राजधानीमा ‘एक दिवसिय चलचित्र उत्सव’ आयोजना गरिएको जानकारी दिएको छ ।
केही वर्ष पहिले निर्माण भएको सफल सिनेमा सानो संसारमा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, कर्मा शाक्य, जिवन लुईंटेल, निर शाह लगायतका कलाकारको मुख्य भुमिका रहेको थियो । यस्तै माधव वाग्ले र नरेन्द्र महर्जनको निर्माणमा बनेको सिनेमा लुटमा सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, ऋचा शर्मा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको थियो । भने यही वर्षको दशैंमा रिलिज भएको सुपरहिट सिनेमा छक्का पञ्जा ३ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाई, प्रिंयका कार्की, बुद्धि तामाङ, स्वस्तिमा खड्का लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।