शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'लभ स्टेसन' टिम यतिबेला प्रचारप्रसारको गतिलाई बधाइरहेको छ । पछिल्लो समय चलचित्र 'रोज' बाट असफलता पाएका प्रदिप खड्काको लागी यस चलचित्रको सफलता उत्तिकै महत्वपुर्ण मानिएको छ । यसैको लागी पनि उनको दौडधुप अलि बढी नै भएको आभाष हुन्छ । प्रदिपको साथै लभ स्टेसनमा  'लिलिबिली' मा स्क्रीन सेयार गरेकी जसिता गुरुङको अभिनय रहेको छ । उज्जवल घिमिरेले निर्देशन गरेको यस चलचित्रमा प्रदिपले आफ्नो उपस्थिती अलिक फरक खालको भएको बताएका छन ।

एकल प्रदर्शनको अवसर पाएका कारण चलचित्रले मल्टीप्लेक्सहरुमा उच्च सोज हात पारेको छ । नेपालकै ठूलो र स्तरीय मल्टीप्लेक्स च्यानल क्यूएफएक्सले मात्र राजधानीका पाँच स्टेशनमा फिल्मलाई १९ र मोफसलका चार स्टेशनमा १७ सोज प्रदान गरेको छ । यस्तै, फिल्मलाई क्यूज सिनेमाजले ४ सोज प्रदान गरेको छ भने बिग मुभिजले ६ सोज दिएको छ । विएसआर, एफक्यूब र सिडिसीले समान्तर ५५ सोज प्रदान गरेका छन् । राजधानीका मल्टीप्लेक्सहरुले प्रदान गरेको सोज हेर्दा फिल्मले राम्रो व्यापार गर्ने संकेत देखाउँछ । अभिनेता प्रदीपको क्रेज र फिल्मप्रति दर्शकको चासोलाई मध्यनजर गर्दै बुधबार दिउँसो नै मल्टीप्लेक्सहरुले अग्रिम बुकिङ खुल्ला गरेका हुन् ।