नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको साँतौँ संस्करण चैत २१ देखि २४ गतेसम्म काठमाडौंको रसियन सेन्टर अफ साइन्स अफ सेन्टरमा हुने भएको छ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा हुने महोत्सवको उत्घाटन ‘द मार्च अफ होप स्काई’ बाट हुने भएको छ । मानव अधिकारका विषयमा निर्माण भएका ८१ वटा वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनलागयतका चलचित्र प्रदर्शन गरिने महोत्सवमा नेपालबाट दुई दर्जन भन्दा बढी चलचित्र छनिएका छन् । विश्वमा आन्तरिक राजनैतिक विवाद, हिंसात्मक विद्रोह, जातीय दङ्गा र आतङ्कवादी क्रियाकलापका कारण विस्थापित भएकाहरुको कथामा आधारित फिल्महरु छानिएका छन् ।
महोत्सवलाई राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र बिकास बोर्ड, नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्र संघ(युएन), युनएचसीआरसँग सहकार्यको गरेको छ । चलचित्र प्रर्दशनसँगै महोत्सवमा अन्तर्क्रियाको कार्यक्रम पनि रहेको आयोजकले जानकारी दिएको छ ।