छायांकनमा रहेको नेपाली चलचित्र 'सानो मन'को एउटा गीतलाई  वलिउडका कोरियोग्राफर साजन सिंहले निर्देशन गरेका छन् । सलामान खानका 'पर्सनल डान्स ट्रेनर' सिंहले रोमन बज्राचार्य, सुयोग गुरुङ्ग र सिमा राईको  स्वरमा रहेको 'रानु कम्मर' बोलको पार्टी गीतमा कोरियोग्राफी गरेका हुन् । गीतमा चलचित्रका मुख्य कलाकार आयुष्मान देशराज जोशी र शिल्पा मास्केको नृत्य रहेको छ । 

चलचित्र 'सानो मन'मा सलामान खानका 'पर्सनल डान्स ट्रेनर' को कोरियोग्राफी

बलीउडका प्रख्यात कोरियोग्राफर रेमो डिसुजासँग आठ बर्षसम्म काम गरेका साजनले बलीउडका चर्चित चलचित्रहरु 'एबिसिडी' र 'एबिसिडी २'मा अभिनय तथा सहायक नृत्य निर्देशन गरेका थिए । म्यूजिकल लभस्टोरी जनरामा निर्माण भएको 'सानो मन' छायांकनको अन्तिम चरणमा रहेको छ । चलचित्रमा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट लगायत कलाकारहरुको पनि अभिनय रहनेछ ।