चैत्र २९ गते रिलिज हुने चलचित्र 'यात्रा'को गीत रिलिज भएको छ । सम्राट शाक्यको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘यात्रा : अ म्युजिकल भ्लगमा समावेश ‘डुली डुली’ बोलको गीत बिहिबार युट्युबमा रिलिज गरिएको हो । मेलिना राईको स्वर रहेको गीत मा कोबिद बज्र र प्रतिक पौडेलको संगीत, दिभेस उप्रेती र प्रतिक पौडेलको शब्द रहेको छ । गीतमा मुख्य कलाकार सलिनमान बनियाँ, मलिका महत, रेयर राई, प्रेक्षा बज्राचार्य, जान्वी बस्नेत, विशाल कटुवाललाई फिचर्ड गरिएको छ ।
सलिन अभिनित दोस्रो फिल्म हो यात्रा,जसमा उनि भ्लगरको भूमिकामा छन्। यसका साथै विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । गीतालाई दर्शकहाँरुले राम्रो प्रतिकृया दिइरहेका छन् ।