आज शुक्रबार नेपाली चलचित्र क्षेत्रको लागी उत्सबको दिन । चलचित्र कर्मी आफुले मिहिनेत गरेर बनाएको चलचित्रको प्रदर्शन हुने दिन । अनि नेपाली चलचित्र प्रेमीहरुको लागी आफुले रोजेको नयाँ चलचित्र हेर्न पाउने दिन । आज तपाई चलचित्र हेर्ने योजना बनाउँदै हुनुहुन्छ ? यदी हुनुहुन्छ भने पछिल्लो समय गीत देखी ट्रेलर दर्शकले खुबै रुचाएको चलचित्र 'लभ स्टेसन' आजदेखी प्रदर्शनमा आएको छ ।
युवा पुस्ताले खुबै रुचाएका प्रदिप खड्का र जसिता गुरुङको मुख्य अभिनय रहेको लभ स्टेसनले एकल प्रदर्शनको अवसर सहित मल्टीप्लेक्सहरुमा उच्च सोज पाएको छ । शोज संख्या हेर्दा चलचित्रले नेपाली बक्स अफिस चलायामन बनाउन पर्ने देखिन्छ। उज्जवल घिमिरेले निर्देशन गरेको यस चलचित्रमा प्रदिप, जसिता गुरुङ रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल लगाएत कलाकारको अभिनय रहेको छ ।
यो चलचित्रका साथमा अघिल्लो हप्ता प्रदर्शन मा आएको चलचित्र साँइली दोस्रो हप्तामा रिलिज भैरहेको छ । साँइली रामबाबु गुरुङले निर्देशन गरेका हुन् भने गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह लगायतका कलाकारको मुुख्य भूमिका रहेको छ ।