आजको दिनमा आएर नेपाली चलचित्र बनाएर आफ्नो लगानी सुरक्षित गर्नु भनेको फलामको चिउरा चपाउनु सरह भएको छ । बर्षेनी सयको हाराहारीमा चलचित्र बनिरहेका बेला हलामा प्रदर्शन गरेर लागनी उठाउनु त्यती सजिलो भने पक्कै छैन तर गुण स्तरमा सम्झौता नगरिएको चलचित्रले भने बक्स अफिसमा राम्रो कलेक्सन पनि गरिरहेका छन् । 
चलचित्र बितरक र हल व्यवस्थापक हरुसँगको तालमेल मिलाउने देखी लिएर प्रचार प्रसारको लामो प्रकृयाको कारण पनि चलचित्र बनाउनु र बनाइसकेपछी प्रदर्शनमा ल्याउन कठिन भएको हुनसक्छ । धेरै लागानी डुबिरहेको बेला चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल'ले सिधै युट्युबबाट रिलिज गरेको छ । नेपालमा वितरक तथा हलवालासँग बारम्बार ताकेता गर्न नसकेका कारण फिल्म सिधै युट्युबमा रिलिज गरिएको निर्देशक तथा निर्माता ईश्वर थापाले बताएका छन् । अमेरिका र क्यानाडामा विशेष शो गरिसकेको चलचित्रले ८० प्रतिशत लगानी उठाइसकेको निर्देशक बताउँछन् । 

 

नन्दिता केसीको मुख्य भूमिका रहेको फिल्मले अमेरिका बस्ने नेपालीहरुको वास्तविक कथा बोकेको छ ।‘अमेरिकन बाबु मेड इन नेपालामा बाबु बोगटी, स्मृती पोखरेल, एहशान ढकाल, राजेश गुरुङ, क्रिस थापा, अञ्जली लामा, प्रवेश उप्रेती पल, रघु गिरि, जंगबु शेर्पा, सुरेन्द्र बाँस्तोलालगायतका कलाकारहरुको