दिनहुँ हजारौँको संख्यामा युवाहरु विदेश पलायन भैइरहेका छन् यसै कथावस्तु बोकेको चलचित्र 'कागजपत्र' नेपालको प्रदर्शनको केहि समय पछी नै अस्ट्रेलियामा प्रदर्शनमा आउने भएको छ ।
सिड्नीको बरउडमा रहेको इभेन्ट सिनेमामा अप्रिल १३ र हर्सभिलको इभेन्ट सिनेमामा १४ मा कागजपत्र प्रदर्शन हुने भएको हो ।चलचित्रको प्रदर्शनीको अवसरमा चलचित्रका नायक नाजिर हुसैन र नायिका शिल्पा मास्के पनि अस्ट्रेलिया जाने बताइएको छ । 


 

चलचित्र 'कागजपत्र' अस्ट्रेलियामा

पछिल्लो समय अस्ट्रेलिया त नेपाली युवायुवतीका निम्ति आकर्षणको प्रमुख रोजाईको मुलुकमा परेको छ। यसक्रममा डिपेन्डेन्ट भिसाले पनि खुब बजार तताइरहेको छ । चलचित्रमा अस्ट्रेलिया मोहले तानिएका, त्यहाँको वास्तविकता, भोगाइ अनि जिवनको बारेमा समग्र बोलेको छ । 

कागजपत्रमा नाजिर र शिल्पासँगै भोलाराज सापकोटा, सरिता गिरी, लक्ष्मी बर्देवा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।