गायक स्वरुपराज आचार्य र बिन्दु परियारको स्वर रहेको गीत ''नदेखेको धेरै भयो'' रिलिज भएको छ । गीतलाई संगीतकार दीपक शर्माले संगीत दिएका छन् उनले चलचित्र छक्का पन्जाका गीताहरुमा समेत संगीत दिइसकेका  छन् । गीतको भिडियोमा  महेश खड्का र इस्तुको कार्कीको अभिनय रहेको छ ।गीतमा इश्वर श्रेष्ठको शब्द शृजना रहेको छ भने नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतको भिडियोमाको निर्देशन प्रकाश धितालले गरेका हुन् ।
बाध्यताले टाढा भएका प्रेमी प्रेमिकाले एकार्कालाई धेरै समय देख्न नपाउनुको पिडालाई गीतले बोलेको छ ।