साउन २० गते रिलिज हुने भनिएको राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङ अभिनित चलचित्र ‘भुइमान्छे’ को रिलिज २ साता पछि धकेलिएको छ । साउन २० मा बलिउड अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जब ह्यारी मेट सेजल’ रिलिज हुने भएपछि चलचित्रको रिलिज मिति सारिएको हो । नवराज बुढाथोकीको निर्देशनमा तयार भएको फिल्ममा भलिबल खेलाडी सिपोरा गुरुङ ,रमेश बुढाथोकी, सहिन प्रजापति, बादल भट्टलगायत शैली थिएटरका कलाकारको अभिनय रहेको छ ।

शाहरुखको चलचित्र रिलिज भए सँगै अक्षय कुमार अभिनित फिल्म  ‘ट्वाईलेट एक प्रेम कथा’ रिलिज हुने  भएकाले चलचित्र वितरकको सल्लाहामा प्रर्दशन मिति २ साता पछि सारिएको निर्देशक बुढाथोकीले बताए । बलिउड स्टार अभिनित चलचित्र प्रर्दशनमा आएपछि नेपाली चलचित्रले हल पाउनै मुस्किल रहेकाले बाध्यतावश चलचित्रको प्रर्दशन मिति सारिएको निर्देशक बुढाथोकीले बताएका छन् । चलचित्रमा पोस्टमार्टम गर्ने व्यक्तिको कथा समावेश गरिएको छ ।