नेपाल आइडल दोस्रो संस्करणका बिजेता रवी ओड आफ्नो पहिलो गीत लिएर आएका छन् । 'मिठो बोली'ले शीर्षको गीत भिडियो सहित शुक्रबार युट्युबाट रिलिज गरिएको हो ।चर्चित संगीतकार हरी लम्सालको संगीत रहेको गीतको शब्द संयोजन पनि उनैले गरेका हुन् ।
रवी ओडलाई नै अभिनय गराइएको गीतको भिडियोमा मेलिना राईको नृत्य रहेको छ । शिब बिकले नृत्य निर्देशन गरेको भिडियो रामेश्वर कार्कीले खिचेका हुन् । भक्तपुर दरबार स्क्वायार आसपास छायाँङ्कन गरिएको नृत्यमा जम्बो नृत्य टोलीले नृत्य गरेका छन् । शुक्रबार रिलिज भएको गीतलाई सवा दुइ लाखले हेरिसकेका छन् ।