चैत्र २९ गते रिलिज हुने चलचित्र 'यात्रा अ म्युजिकल भ्लग'को टिम यतिबेला प्रचारप्रसारको रफ्तारमा छ । यसैबिच चलचित्र टिम छायाकंन गरिएको बृद्ध आश्रम पुगेको छ ।ल्प्सेफेदीमा रहेको ''जेपी  प्रतिष्ठान मैत्री सेवा आश्रम जेष्ठ नागरिक ग्राममा'' यात्राको चार दिनसम्म सुटिङ भएको थियो ।  झन्डै ३५ को हाराहारीमा रहेका आश्रमका आमावुवाले भेट्ने ईच्छा जाहेर गरेको थाहा पाएपछि निर्माण टिमले टिभी उपहार लिएर आश्रम पुगेको थियो । 

 

चलचित्र 'यात्रा:अ म्युजिकल भ्लग'को टिम बृद्ध आश्रममा

अभिनेताद्वय सलिनमान बाँनिया, रेअर राईसँगै निर्माताहरु चिज कुमार श्रेष्ठ , सुशील पोखरेल र सर्जुमानले भेटघाट मात्र गरेनन् बृद्ध आमाबुवासँगै बसेर खाना पनि खाए । सलिनले शुटिङपछी फेरी आउन पाउँदा खुसि लागेको बताए । ’म शुटिङको बेला पनि एकदिन बढी नै यहाँ बसेको थिएँ’ उनले भने ’मलाइ यहाँ बुवाआमाहरुसँग निकै रमाइलो लाग्छ ।’ आश्रम पुगेका निर्माता निर्देशकले आगामी दिनमा आफुले सक्दो सहयोग आश्रमलाई गर्ने बताए । 
 सम्राट शाक्यको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘यात्रा : अ म्युजिकल भ्लगमा सलीन भ्लगरको भूमिकामा छन्। चलचित्रमा सलिन र रेअरसँगै सलोन बस्नेत , जान्वी बस्नेत , जयनन्द लामा , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल लगायत कलाकारको अभिनय रहेको छ ।