शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'यात्रा : अ म्युजिकल भ्लग’ ले प्रदर्शनको मिती नजिकिँदै जाँदा प्रचारप्रसारको अर्को तरिका अपनाएको छ । निर्माण टिमले मकै एपसँगको सहकार्यमा क्रिज कन्टेस्ट आयोजना गरेको छ । प्रतियोगितामा एक प्रश्न सोधिएको छ, जसको सहि जवाफ दिने मध्यबाट एक भाग्यशाली सहभागीले १ लाख नगद पाउनेछन् । फिल्ममा तस्प्याको भूमिका निर्वाह गरेकी मलिका महतको आँखाको ज्योति कसरी गुमेको हो भन्ने प्रश्न रहेको छ । जवाफका लागि सहभागीले ट्रेलर हेरेर दिएको अप्सन मध्य एकमा टिक लगाउन पर्नेछ । टिक लगाएपछि प्रतियोगीले आफ्नो नाम र नम्बरसँगै इमेल सहितको प्रयोग गरि सबमिट गर्नु पर्नेहुन्छ । प्रतियोगीतामा विश्वभरका जो कोहीले पनि सहाभागिता जनाउन पाउने छन् ।जवाफ२९ गते बिहानसम्म पठाउन सकिनेछ ।
भ्लगरको भूमिकाआमा अभिनय गरेका सालीनमान बाँनियासँगै सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई लगायत कलाकारको अभिनय रहेको छ । चलचित्र सम्राट शाक्यको डेव्यु निर्देशनमा निर्माण भएको हो ।