पहिलो नेपाल आइडल निशान भट्टराई एक पछी अर्को साङ्गीतिक कोसेली लिएर आइरहेका छन्। यसै क्रममा मेलिना राई र निशानको आवाजमा चलचित्र 'प्रेम दिवस'को गीत ''बरु अर्को जुनी'' सार्वजनिक भएको छ । प्रियंका कार्की , आयुष्मान देसराज जोसीलाई फीचर्ड गरिएको गीत शान्ती प्रियले लेखेका हुन् भने दिपक शर्माको संगीत रहेको छ । गीतको भिडियो कविराज घटराजले निर्देशन गरेका हुन् । गीतले प्रेममा डुबेका जोडिले एकअर्काको लागी गरेको समर्पणलाई देखाउन खोजेको छ । 
 

योगेश घिमिरेले निर्देशनमा बन्ने चलचित्रलाई मनेश दाहालले निर्माण गरेका हुन् । चलचित्रमा प्रियंका कार्की , आयुष्मान देसराज जोशी, हेमन्त बुढाथोकी , शिब शंकर रिजाल, विशाल खरेल लगाएत कलाकारको अभिनय रहनेछ ।