प्रदर्शनको मिती नजिकिँदै गर्दा चलचित्र ''ए मेरो हजुर ३''ले लगातार चलचित्रमा समावेश गीतहरु सार्वजनिक गरिरहेको  छ । चैत २९ गते रिलिज हुने यस चलचित्रको गीत 'सत्य भन्छु' रिलिज भएको छ । प्रताप दासको स्वर रहेको गीतलाई रवी मल्लले लेखेका हुन् भने कल्याण सिंहले संगीत दिएका हुन् । गीत युट्युबमार्फत रिलिज भएको हो  तर टिमले भिडियो भने सार्वजनिक गरेको छैन । 
 

चलचित्रमा डेव्यु नायिका सुहाना थापा र अनमोल केसीको अभिनय रहेको छ, उनिहरुलाई सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारले साथ दिएका छन् । म्युजिकल लभ स्टोरीमा बनेको चलचित्रमा अनमोल एक म्युजिसियनको भूमिकामा प्रस्तुत हुदैँछन् । चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् ।