नेपालमा सफलताका साथ पाँचौ हप्तामा प्रदर्शन भैरहेको चलचित्र 'क्याप्टेन' बेलायतमा प्रदर्शन भएको छ । ओभरसिज प्रदर्शन गरेको क्याप्टेनलाई साथ दिन निर्माता भुवन केसीको साथमा चलचित्रका मुख्य अभिनेता अनमोल केसी बेलायत पुगेका थिए।

बेलायतको अल्डरसर्ट स्थित प्रिन्सेस हलमा गरिएको प्रिमियरमा डा. दुर्गा बहादुर सुवेदी, गायिका मिरा राणा, गायक योगेश्वर अमात्य, सितु खरेल, नायक ध्रुव दत्त, नायिका दिया पुन, यादव श्रेष्ठ सहित करिब तीन सय दर्शकले चलचित्र हेरेका थिए । फुटबल खेलमा आधारित पारिवारिक चलचित्र हेरिसकेपछी दर्शकले खुशी बाँडेर सकारात्मक प्रतिक्रिया दिएको बताईएको छ।

क्याप्टेनलाई फाप्यो बेलायत यात्रा

अनमोल केसीका अलवा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायत कलाकारहरुको अभिनय रहेको छ । क्याप्टेनको सफलतासँगै अनमोल अभिनित अर्को चलचित्र 'ए मेरो हजुर ३' चैत २९ देखी प्रदर्शनमा आउँदै छ ।