गएको बर्षको सर्वाधिक कमाउनेमा रेर्कड बनाउन सफल चलचित्र हो –छक्का पञ्जा । चलचित्र प्रदर्शन हुन भन्दा अघि र प्रदर्शन भएसँगै सर्वाधिक कमाई गर्ने चलचित्र बन्दै दर्शकको राम्रो साथ पाएको थियो । ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा सबैभन्दा धेरै बिधाको नोमिनेसमा हुने चलचित्र पनि छक्का पञ्जा’ नै हो । त्यसै कारण हुन सक्छ चलचित्रका टिम कार्यक्रममा पुग्दा राम्रै आशा बोकेर आएको देख्न सकिन्थ्यो । कार्यक्रममा ‘छक्का पञ्जा’ टिमबाट अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला, निर्माता तथा कलाकार दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल एक साथ उपस्थिति भएका थिए । तर, कार्यक्रम सुरु भएको केहि समय नबित्दै कार्यक्रम स्थलबाट उनिहरु बाहिरिए । 
किन बाहिरिए ‘छक्का पञ्जा’को टोली !  सायद दिपक–दिपालाई आशा थियो होला गीतसंगीतको अवार्ड उनीहरुले नै पाउने छन्।   भैदियो उल्टो , पाश्र्व गायन, ध्वनी पुनःमुद्रण, नृत्य निर्देशन, पाश्र्व संगीत र उत्कृष्ट संगीतकार,सम्पादन, पटकथा लगायतका केहि अवार्ड वितरण भइसके पछि उनीहरु हल बाट बाहिरिए । जुन अवार्डको उनीहरुलाई आश थियो उक्त अवार्ड अरु चलचित्रलाई प्रदान गरिए पछि उनीहरु बाहिरिएका हुन सक्ने अनुमान लगाउन सकिन्छ । हलबाट बाहिरिए लगतै निर्देशक दीपाश्री निरौलालाई किन कार्यक्रममा नबस्नु भएको भनेर सोधिएको प्रश्नमा उनले एक मिडियालाई  फोन अन्तवार्ता दिँदै ‘हामी ताली मात्र बजाउनलाइ पुगे जस्तो भयो । सर्र्वािधक व्यापार गर्ने चलचित्रमा त हामीलाई नदिएर ‘बाहुवली २’लाई दिने कुरा भएन । पाउनुपर्ने विधामा नै नपाएपछि किन बस्नु भनेर निस्किएको  ’ भनिन् । 


दुवै निस्किए लगत्तै चलचित्रले ‘कुसुमे रुमाल सर्वोत्कृष्ट व्यावसायिक’ चलचित्र पुरस्कार प्रदान गरिएको थियो । स्टेजमा दिपक र दिपाको खोजी भयो तर निकै समयसम्म नआएपछि अवार्ड लिन अभिनेत्री प्रियंका कार्की, वितरक प्रदिप उदय, कार्यकारी निर्माता निर्मल शर्मा स्टेज पुगेका थिए । दिपक र दिपा अवार्ड समारोहलाई छाडेर बाहिरिएको यो पहिलोपटक हैन , यसअगाडी पनि सिक्किममा सम्पन्न इनास अवार्ड र राजधानीमा सम्प्पन अर्को एक अवार्ड समारोहलाई पनि बीचमै छाडेर दिपक दिपा बाहिरिएका थिए । यसै बिषयलाई लिएर चलचित्र छक्का पञ्जाका निर्माता तथा कलाकार दिपकराज गिरिले स्पष्टीकरण भन्दै सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरेका छन् । आफुहरु अवार्ड छोडेर निस्किएको ,  बिहेमा गएको जन्ती बेहुली भित्र्याउने समयसम्म बस्नु पर्देन् भनेर लेखेका छन् । त्यस्तै , अवार्ड थाप्न त्यहाँ चलचित्रका कार्यकारी निर्माता रहेको र जसले अवार्ड पाएपनि नेपाली चलचित्रले पाएको भन्दै दिपकले स्टाटस पोस्ट गरेका छन् । 
आफ्ुले पाए अवार्ड राम्रो, नपाए कार्यक्रमबाट निस्किएर हिड्ने भन्दै दिपक –दिपाको टिका–टिप्पणी हुने गर्दछ ।