डेब्यु चलचित्र 'ए मेरो हजुर २'बाट नेपाली सिने जगतमा पाइला टेकेका सलीन मान बनियाँ यतिबेला आफ्नो दोस्रो चलचित्र 'यात्रा' लिएर आएका छन् । पहिलो चलचित्रबाटै राम्रो छाप छोड्न सफल सलीनको लागी दोस्रो चलचित्र यात्रा एउटा परिक्षा जस्तो भएको छ । चैत २९ बाट रिलिज हुने यस चलचित्रले युवा स्टार अनमोल केसी अभिनित चलचित्र 'ए मेरो हजुर ३' सँग भिडन्त गर्नु पर्ने छ । अनमोल अहिलेका जल्दाबल्दा र आफ्नो स्टार्ड्रम बनाइसकेका स्थापित कलाकार हुन् भने सलीन भर्खर उदाएका सम्भावना बोकेका कालाकार । अब उनिहरुबिचको यो भिडन्तले सलीनको भविष्य र अनमोलको क्रेजको प्रभावको मुल्याकंन हुनेछ ।

झरना थापाले निर्देशन गरेको 'ए मेरो हजुर २' मा सलीनले साम्राज्ञी आर एल् साहसँग स्क्रीन सेयर गरेका थिए । यो जोडिलाई दर्शकले खुबै रुचाएका थिए तर झरना थापाकै निर्देशनमा बनेको क्सिवेल ए मेरो हजुर ३ मा आफ्नी छोरीलाई डेब्यु गराएकी झरनाले सलीनलाई नलिनु पछाडीको कारण त यो नै भन्न सकिँदैन तर अनमोलको स्टार्ड्रम र फ्यान फलोवर्स को फाइदा लिन भने चलचित्र सफल हुने अनुमान गर्न सकिन्छ ।

यसैगरी सलीनद्वारा अभिनित 'यात्रा' सम्राट शाक्यले निर्देशन गरेका हुन् र यसमा म्युजिक, रोमान्स र यात्राको कम्बिनेसन देखिन्छ । डेब्यु नायिका मल्लिका महतको अभिनयले पनि यात्राको सफलता असफलता मुल्याङ्कन गरिनेछ ।

सलीनको आगमनसँगै उनलाई अनमोलसँग तुलना गर्नेको सँख्या पनि कम छैन तर सलीन यसलाई मान्न तयार छैनन् किनकी अनमोल भनेको आफुभन्दा धेरै सिनियर हुन् र सलीन आफु भर्खर चलचित्रलाई बुज्ने क्रममा रहेका कलाकार । उनकै शब्दमा भन्दा सलीनको लागी अनमोल सातौँ श्रेणीमा छन् भने आफु दोश्रोमा ।

हुन त नाम चलेका र धेरै वटा हिट चलचित्र दिइसकेका कलाकार पनि कतै न कतै चुकेका हुन्छन् र भर्खर उदाउँदै गरेका कलाकारले आफ्नो चरित्रलाई न्याय गरेका हुन्छन् । चलचित्र सफल हुन कथा, निर्देशकको कला, कलाकारको मिहिनेत र समयले पनि प्रभाव पार्छ्न् । अघिल्ला सफल र असफल चलचित्रको नामको भरमा पुर्वानुमान लगाउन त सकिन्छ तर बाजी कसको हातमा पर्छ भने भन्न सकिन्न ।

अनमोलको स्टार्डमका अगाडी सलीनको अभिनय कत्तिको दरो साबित हुन्छ त्यो त चैत २९ पछी नै थाहा हुनेछ ।