बैशाख २० देखी देश व्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘दाल भात तरकारी’ यतिबेला मोफसल यात्रामा छ । ‘दाल भात तरकारी यात्रा’ नाम राखिएको टुर १० शहरको कन्सर्ट समापन पछी सक्किने छ ।  चैत्र २५ गते बिर्तामोडबाट सुरु भएको टुरले आज दमकमा कन्सर्ट र भेटघाट कार्यक्रम गरिरहेको छ ।  बिर्तामोडको कन्सर्टमा दर्शकको उल्लेख्य उपस्थिती भएपछी टुरका टोली उत्साहित भएका छन् । चलचित्रको प्रोमोसनका क्रममा आयोजना गरिएको यस कन्सर्टमा चलचित्रका मुख्य कलाकारहरु हरिवंश आचार्य, किरण केसी, आँचल शर्मा, शिवहरि पौडेल, विल्सन विक्रम राई सहभागी थिए । यसैगरी गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल को पनि उपस्थिती रहेको थियो। कार्यक्रमको मुख्य आकर्षण हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेलले दर्शकलाई चलचित्रका साथै विभिन्न संवादले मनोरञ्जन दिएका थिए ।
दाल भात तरकारी को  वैशाख ४ गते पोखरामा कन्सर्ट गरेपछि मोफसल यात्रा सकिनेछ । महसंचारले निर्माण गरेको र सुदन केसीको निर्देशनमा तयार भएको यो चलचित्रलाई कमेडी र सामाजिक कथावस्तुमा प्रस्तुत गरिएको छ ।

‘दाल भात तरकारी’ को बिर्तामोड कन्सर्टमा दर्शकको भिड

दाल भात तरकारी को  वैशाख ४ गते पोखरामा कन्सर्ट गरेपछि मोफसल यात्रा सकिनेछ । महसंचारले निर्माण गरेको र सुदन केसीको निर्देशनमा तयार भएको यो चलचित्रलाई कमेडी र सामाजिक कथावस्तुमा प्रस्तुत गरिएको छ ।