कुनै चलचित्र सफल हुन यसमा प्रयोग भएका गीत सङ्गीत को ठुलो हात हुन्छ । त्यसै कारण पनि चलचित्र प्रदर्शन अगावै गीत सार्वजनिक गरेर चलचित्रको प्रचार प्रसार गरिन्छ । तर गत शुक्रबारदेखी प्रदर्शनमा आएको चलचित्र ' लभ स्टेसन' ले आफ्नो एक गीत 'तिमी रुँदा' चलचित्र रिलिजको पाँच दिनपछी सार्वजनिक गरेको छ । डेभिड शंकरको स्वर रहेको गीतमा उनकै सङ्गीत रहेको छ भने दीपक शर्मा र उषा शेरचनको शब्द रचना छ ।
चलचित्रको मुख्य गीतको रुपमा रहेको यस गीत कथाको सस्पेस नखुलोस् भन्नको लागी पनि ढिला सार्वजनिक गरिएको हुनसक्छ । गीतले बियोगमा परेका प्रेमी जोडिको कथा बोकेको छ ।चलचित्रका नकारात्मक पात्र( प्रकाश शाह)सँग जसिता( नायिका)को विवाह भएको देखाइएको गीतले चलचित्रमा एक अर्काको साथ रहन रुचाउने जोडिको विछोड भएको देखाउँछ ।
चलचित्रको कथा चोरीको आरोप जताततै आइरहे पनि राम्रो व्यपार गरिरहेको निर्माण पक्षले बताएको छ । उज्ज्वल घिमिरेले निर्देशन गरेको यो चलचित्र सांगीतिक प्रेम कथामा आधारित छ । । प्रदीप, जसिता र प्रकाशका अलावा लभ स्टेशनमा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोलको अभिनय रहेको छ ।