२०७२ सालको भूकम्पले निम्त्याएको अध्याँरा वास्तविकताहरुलाई समेटेर बनाइएको चलचित्र 'कालो वर्ष'को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको ट्रीजरमा भूकम्पको पराकम्पन जमिनमा मात्र होइन मान्छेको जिवनमा पनि गएको थियो भन्ने आशय समेटिएको छ ।
कार्यक्रममा निर्देशक लक्षु गौतमले चलचित्र बारे बोल्दै भनिन् '’सिनेमामा भूकम्प जाँदा के कस्ता घटना भए त्यो देखाएका छैनौं । भूकम्पपछि थुप्रै युवाहरु विदेश पलायन भए । कति घरबार विहीन भए । बलात्कारका घटनाहरुहरु बढे । चेलीबेटी बेचबिखनका घटनाहरु पनि निकै बढ्यो । यही सेरोफेरोमा ‘कालो वर्ष’ तयार पारेका छौं ।’
चलचित्रमा ओकेश पनेरु र अनुपा खड्का प्रमुख भूमिकामा छन् भने पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुलेजलगायतका कलाकारहरुकोअभिनय रहेको छ । रामेश्वर हुमागाइँले छायांकन गरेका चलचित्रलाई योगेन्द्र प्रसाद पनेरु, राम खड्का र श्याम खड्काले संयुक्त रुपमा निर्माण गरेका छन् । ।